ट्रयाक्टरको ठक्करबाट वृद्ध बिते

ट्रयाक्टरको ठक्करबाट वृद्ध बिते

ट्रयाक्टरले ठक्कर दिँदा एक जना वृद्धको ज्यान गुमेको छ । सुनसरीको गढी गाउँपालिका–६ मा १–०२–००३ त नम्बरको ट्रयाक्टरले ठक्करपछि मृत्यु हुने गढी–६ का ७० वर्षीय हरीलाल मगरदैता हुन् ।

हिजो राति स्थानीय रामजानकी मन्दिर परिसरमा बसिरहेको बेलामा ट्रयाक्टरको डालाले मगरदैतालाई ठक्कर लागेको हो । चालकले ट्रयाक्टर पछाडि सार्दा उनलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएपछि उपचारको लागि विराट नर्सिङ होम अस्पतालमा लगिएको थियो । उनको अस्पतालमै मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

टिप्पणीहरू