कमल थापाले पनि आफ्ना बोके, नेता तोके

कमल थापाले पनि आफ्ना बोके, नेता तोके

कमल थापा नेतृत्वको राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत भएका छन् । अध्यक्ष थापाले पार्टी विधानअनुसार १६ जनालाई केन्द्रीय पदाधिकारीमा मनोनीत गरेका हुन् ।

राप्रपा परित्याग गरी लाक्पा तामाङले गठन गरेको राप्रपा नेपालको नेतृत्व सम्हालेका अध्यक्ष थापाले छ जना उपाध्यक्ष,चार जना महामन्त्री र छ जना सहायक महामन्त्रीमा १६ जनालाई मनोनयन गरेका हुन् ।

पार्टी प्रवक्ता सुरेश आचार्यका अनुसार उपाध्यक्षमा राजीव पराजुली,उद्धव पौडेल,जयकुमार खड्का,राजेन्द्र वीर राय, डा. विष्णु भण्डारी र लाक्पा तामाङ तथा महामन्त्रीमा भाष्कर भद्रा, सुशील श्रेष्ठ, इन्द्र चित्रकार र राजाराम बर्तौला छन् ।

यसैगरी सहायक महामन्त्री हरिकृष्ण श्रेष्ठ, धर्म गुरुङ, अम्बिकाप्रसाद ढकाल, शिवकुमार बास्तोला, ममता राई र शशिरञ्जन यादवलाई मनोनयन गरिएको छ । मनोनीतमध्ये अधिकांश यसअघि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका नेता हुन् ।

टिप्पणीहरू