तत्काल पेट्रोलियम ऐन तर्जुमाको माग उठ्यो

तत्काल पेट्रोलियम ऐन तर्जुमाको माग उठ्यो

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले तत्काल पेट्रोलियम पदार्थ ऐन बनाउन माग गरेको छ । समितिको हालै सम्पन्न बैठकले नौ बुँदे निर्णय गर्दै पेट्रोलियम क्षेत्रमा देखिएका समस्या समाधानका लागि सामूहिक पहल गर्ने र सरोकारवाला निकायमा माग पेश गर्ने निर्णय गरेको हो ।

पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले इन्धन आपूर्ति, ढुवानी र वितरणका क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि सामूहिक दबाब अभियान सुरु गरेका छन् । एलपी ग्यास बिक्री तथा ढुवानी विनियमावली परिमार्जन गर्नुपर्ने तथा पेट्रोलियम व्यवसाय सुधार कार्ययोजना लागू गर्नुपर्नेलगायतका माग समितिको छ ।

पेट्रोलियम साधनमा ढुवानी भाडादर समायोजन हुनुपर्ने, पेट्रोलियम पदार्थको प्राविधिक नोक्सानी तथा श्रृंकेज सम्बन्धमा भएको अध्ययन समितिको प्रतिवेदन लागू गर्नुपर्ने, एलपी ग्यास ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा स्वचालित भाडादर कायम हुनुपर्ने माग गरिएको छ ।

टिप्पणीहरू