बिहानै फेरि किन कुद्न थाले नेताहरु बालुवाटार ?

बिहानै फेरि किन कुद्न थाले नेताहरु बालुवाटार ?

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच केही बेरअघि झण्डै १५ मीनेट छुट्टै कुराकानी भएको हो ।

लगत्तै प्रधानमन्त्रीसहित सत्ता गठबन्धन दलका अन्य नेताहरुबीच सामुहिक भेटवार्ता शुरु भएको छ ।

अहिले भइरहेको भेटवार्तामा प्रधानमन्त्री देउवा,नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ ।

टिप्पणीहरू