ग्याल्पो ल्होसारमा दलाई लामाको पूजा

ग्याल्पो ल्होसारमा दलाई लामाको पूजा

आज शेर्पा जातिले मनाउने ग्याल्पो ल्होसार हो । मुलुकभर सार्वजनिक बिदा दिइएको छ । आजै काठमाडौंस्थित तिब्बती शरणार्थीहरुले पनि उक्त ल्होसार मनाइरहेका छन् ।

ललितपुरको एकान्तकुनामा रहेका तिब्बती शरणार्थीहरुले भने फरक ढंगले ल्होसार मनाएका छन् । उनीहरुले आफ्नो संस्कृतिअनुसारका भेषभुषामा सजिएर दलाई लामाको फोटोमा पूजाआजा गरेका हुन् ।

जावलाखेल,एकान्तकुनास्थित टिबेटन क्याम्पको ह्याण्डीक्राफ्ट सेन्टर परिसरमा उनीहरुले दलाई लामाको फोटोमा खादा लगाएका हुन् । उक्त कार्यको नेतृत्व शरणार्थी क्याम्पका म्यानेजर टासी छेतेनले गरेका थिए । कार्यक्रममा एक सय जनाभन्दा बढी तिब्बतीको उपस्थिति रहेको बताइन्छ ।

टिप्पणीहरू