सम्भव होला त सत्ता गठबन्धनबीच चुनावी तालमेल ?

सम्भव होला त सत्ता गठबन्धनबीच चुनावी तालमेल ?

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनको बैठक बसिरहेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो ।

बैठकमा सत्ताधारी दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा स्थानीय चुनाव, चुनावी गठबन्धनलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

जारी बैठकमा काँग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता रामचन्द्र पौडेल सहभागी हुनुहुन्छ । त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी हुनुहुन्छ ।

आगामी बैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ । तर, चुनावी तालमेलबारे गठबन्धनका दलहरुबीच समान धारणा छैन । सरकारको नेतृत्व गरेको काँग्रेस एक्लै चुनाव लड्नुपर्ने पक्षमा छ भने अन्य दलहरु सिट बाँडफाँट गरेर जानु उपयुक्त हुने बताइरहेका छन् । चुनावी गठबन्धन गर्न प्रधानमन्त्री देउवा सहमत भएपछि प्रचण्ड र माधव नेपाल एमसीसी अनुमोदन गर्न तयार भएको चर्चाका बीच आजको गठबन्धन बैठकमा त्यससम्बन्धी थप छलफल हुने बुझिएको छ ।

टिप्पणीहरू