आरआर क्याम्पसमा नेपाल भाषा पढाइने
राजधानीको रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषाको पढाइ हुने भएको छ । स्नातकोत्तर तहमा नेपाल भाषाको पठनपाठन गरिन लागिएको हो । काठमाडौं महानगरपालिकाले आगामी पाँच वर्षको लागि नेपाल भाषा पढाउन आर्थिक सहयोग गर्ने भएपछि उक्त कार्यक्रमको सुरुवात भएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीले त्यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि मेयर शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
गएको कात्तिक १६ गते बसेको कामपाको ७० औं कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णयअनुरुप हिजो सो रकम उपलब्ध गराइएको हो । नेपाल भाषा स्नातक तह सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले केही वर्षअघिदेखि माग गर्दै आएका छन् ।
टिप्पणीहरू