अर्को देशमाथिको हमलामा भारत फेरि मौन

अर्को देशमाथिको हमलामा भारत फेरि मौन

युक्रेनविरुध्द रुसी हमलाको निन्दा गर्ने संयुक्त राष्ट्रसंघीय महासभाको प्रस्तावमा भारत फेरि तटस्थ बसेको छ । मस्को र किभबीच बढ्दो तनावमाथि राष्ट्रसंघको महासभामा प्रस्तुत प्रस्तावमा पछिल्लो एक सातामा भारत तेस्रो पटक तटस्थ बसेको हो ।

मस्को र पश्चिमा राष्ट्रसँगको सम्बन्धलाई सन्तुलनमा राख्न खोज्दै भारतले तटस्थताको रणनीति अपनाएको बताइन्छ । तर, उसको रणनीतिप्रति अमेरिका र पश्चिमा मुलुकमा प्रश्न खडा भएको छ ।

वासिङगटनका वरिष्ठ अधिकारीहरूले भारतलाई ‘स्पष्ट अडान लिन’ आह्वान गरेका थिए । पश्चिमा राष्ट्रहरुले विश्वकै ठूलो प्रजातान्त्रिक देश भारतले प्रष्ट अडान लिनुपर्ने आवाज उठाउँदै आएका छन् ।

टिप्पणीहरू