रुसको विरोध गर्दै अमेरिकी नालीमा भोड्का छ्यालब्याल
रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधस्वरुप अमेरिकामा धेरै वटा रेष्टुरेण्टका मालिकले रुसी भोड्कालाई नालीमा खन्याइदिएका छन् ।
तर यस्तो कार्य सांकेतिक रुपमा मात्र गरिएको अमेरिकीहरुले नै बताएका छन् । अमेरिकामा पाइने भोड्का वास्तवमा रुसमा बनेका होइनन् । नालीमा खन्याइएको भोड्काको सिसी मात्र रुसको प्रख्यात ब्राण्डको भएको बताइएको छ ।
अमेरिकी जहाज निर्माता कम्पनी बोइङलगायतका धेरै वटा बहुराष्ट्रिय कम्पनीले पनि रुससँगको व्यावसायिक सम्बन्ध तोडेको घोषणा गरिसकेका छन् ।
टिप्पणीहरू