बडीमालिकाका किशोरीलाई स्यानेटरी प्याड

बडीमालिकाका किशोरीलाई स्यानेटरी प्याड

बाजुराको बडीमालिका नगरपालिका–२ र ४ नम्बर वडाका ८ सय किशोरी र महिलालाई स्यानेटरी प्याडसहित स्वास्थ्य सुरक्षा र सरसफाइ सामग्री सहयोग गरिएको छ ।

बडीमालिका नगरपालिकाका उपमेयर कविता विष्टका अनुसार किशोरीलाई महिनावारीको समयमा स्वास्थ्य सुरक्षा अपनाउन सहज होस् भनेर स्यानेटरी र स्वास्थ्य सरसफाइका सामग्री वितरण गरिएको हो ।

बडीमालिका नगरपालिकाको समन्वय र मानवीय सेवामा अनेकांै प्रयास कैलालीको सहयोगमा नगरपालिकाका किशोरीलाई प्याड वितरण गरिएको हो ।

वडा नम्बर ८ मा अस्ति सात लाख ५० हजार रुपैयाँ बराबरको र वडा नम्बर २ मा तीन लाख रुपैयाँ बढीको प्याड, नुहाउने साबुन, ब्रसलगायतका सामग्री वितरण गरिएको हो ।

बडीमालिका नगरपालिका–२ र ८ वडालाइ मार्च ८ मा छाउपडी गोठमुक्त वडा घोषणा गर्ने कार्यक्रम तय भइसकेको छ ।

टिप्पणीहरू