हङकङपछि न्युजिल्याण्डमा कोरोना तीव्र, एकै दिनमा २३ हजारबढी संक्रमित

हङकङपछि न्युजिल्याण्डमा कोरोना तीव्र, एकै दिनमा २३ हजारबढी संक्रमित

न्युजिल्याण्ड अहिले विश्वमा सबैभन्दा छिटो दरमा फैलिएको कोरोनाको ओमिक्रोन भेरिएन्टको प्रकोपमा परेको छ ।

अघिल्ला दुई ठूला लहर रोकेको उक्त टापु राष्ट्रमा हिजो मात्रै २३ हजार १ सय ९४ नयाँ संक्रमित फेला परेका छन् ।

राजनीतिक दबाबमा सरकारले संक्रमण रोक्नको लागि बनाइएका कडा नियमहरू खुकुलो गरेसँगै महामारी फैलिएको बताइएको छ ।

यता हङकङमा पनि सोही गतिमा संक्रमण फैलिएको छ । त्यहाँ एकै दिनमा ३४ हजार बढी संक्रमितसम्म फेला परेका छन् ।

टिप्पणीहरू