एमाले अध्यक्ष ओलीको टोली हेलिकोप्टरबाट सैलुङ्गतिर

एमाले अध्यक्ष ओलीको टोली हेलिकोप्टरबाट सैलुङ्गतिर

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बिहान हेलिकोप्टर चढेर पूर्वतर्फ लाग्नुभएको छ । उहाँ छ जनाको टोलीसँगै त्यता लाग्नुभएको विमानस्थल स्रोतले बताएको छ ।

बिहान ९ बजे सिम्रिक एअरको ९ एन–एलपी कल साइनको हेलिकोप्टरमा अध्यक्ष ओली र उहाँकी धर्मपत्नी राधिका शाक्य, पूर्वमन्त्री पार्वत गुरुङ, ओलीका निजी चिकित्सक डा.दिव्या सिंह शाहलगायतलाई बोकेर कालिञ्चोक भगवतीको मन्दिरतर्फ लागेको हो ।

स्रोतका अनुसार कालिञ्चोकपछि हेलिकोप्टर दोलखाको सैलुङ जाने कार्यक्रम छ । दोलखा पूर्वमन्त्री पार्वत गुरुङको गृह जिल्ला हो ।

टिप्पणीहरू