तेलको भाउ नघटे गाडीको भाडा बढ्ने
सरकारले पेट्रोलियम पर्दाथमा भएको मूल्यवृद्धि तत्काल फिर्ता नलिए यातायात व्यवसायीहरुले सार्वजनिक यातायातको भाडा बढाउने चेतावनी दिएका छन् । आज विज्ञप्ति जारी गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघले यस्तो चेतावनी दिएको हो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको पटक–पटकको मूल्यवृद्धिले यातायात व्यवसायी मारमा परेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
डिजल र पेट्रोलमा भएको मूल्यवृद्धि फिर्ताका लागि निगमलाई दुई पटकसम्म आग्रह गर्दा पनि कुनै सुनुवाई नभएकाले भाडा समायोजन गर्न महासंघले सरकारलाई भनेको हो । अन्यथा महासंघ आफैंले भाडा समायोजन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू