२० जना निस्कने,१९ जना भित्रिने

२० जना निस्कने,१९ जना भित्रिने

राष्ट्रिय सभामा २० जना सदस्यको पदावधि आजदेखि सकिँदैछ । गोला तानेपछि उहाँहरुले चार वर्षे कार्यकाल पूरा गर्नुभएको हो ।

आजबाट कार्यकाल सकिने सांसदहरुमा एमालेका अगमप्रसाद बान्तवा राई,कविता बोगटी,कोमल वली,चक्रप्रसाद स्नेही,रामलखन चमार,नैनकला ओझा,पर्शुराम मेघी गुरुङ र सुमनराज प्याकुरेल हुन् ।

नेकपा माओवादी केन्द्रका दिनानाथ शर्मा,खिमकुमार विक,जीवन बुढा, शशीकला दाहालको पनि कार्यकाल आजबाट सकिँदैछ ।

आज कार्यकाल सकिनेमा नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल,ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर छन् ।

नेपाली काँग्रेसका दृगनारायण पाण्डे, राधेश्याम अधिकारी र तारादेवी भट्ट र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य रामनारायण बिडारीको पनि आजै कार्यकाल सकिँदैछ ।

आगामी छ वर्षे कार्यकालका लागि गत माघ १२ गते निर्वाचित १९ जना सदस्यले भोलि शपथ लिने कार्यक्रम छ । भोलि शपथ लिने सदस्यहरुमा काँग्रेसका नारायणदत्त मिश्र, ध्रुवराज शर्मा, दुर्गा गुरुङ, कमला पन्त, कृष्णप्रसाद पौडेल र गोपालकुमार बस्नेत हुन् ।

माओवादीबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर कार्कीले र एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदनकुमारी शाहले भोलि शपथग्रहण गर्ने कार्यक्रम छ ।

जसपा नेपालका मोहम्मद खालिद, नेकपा एमालेका सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले पनि भोलि ६ वर्षे कार्यकालको शपथग्रहण गर्ने बताइएको छ ।

बाँकी एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ । ती सदस्यले पनि राष्ट्रपतिसमक्ष र अन्य सदस्यले राष्ट्रिय सभाका अध्यक्षबाट शपथ लिनेछन् ।

टिप्पणीहरू