झोलामा लागुऔषध बोकेका १८ वर्षे किशोर समातिए
लागुऔषध बोकेको अभियोगमा पूर्वी नवलपरासीबाट एक किशोरलाई प्रहरीले पक्रेको छ । कावासोती नगरपालिका १६ चालिस किलोस्थित सडकबाट तनहुँको व्यास नगरपालिका ९ का १८ वर्षीय किशोरलाई प्रहरीले पक्रेको हो ।
पक्राउ परेका उनको साथबाट ४५ वटा एम्पुल नुर्फिन, ४५ वटा एम्पुल डाईजेपाम र ४५ वटा एम्पुल फेनारगन प्रहरीले बरामद गरेको छ । आज बिहान ना.६ ख ४२१५ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार किशोरका साथबाट उक्त परिमाणमा लागूऔषध फेला परेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू