हिजो र आज किन २ घण्टा अन्तर्राष्ट्रिय विमानस्थल ठप्प ?
आज बिहान साढे ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि विमानको उडान र अवतरण भएन । उक्त समयमा कतिपय आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई आकाशमै होल्ड गराइएको थियो ।
यसरी विमानस्थल ठप्प पार्नुको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि गरिएको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
हिजो र आज भएका उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन सकेनन् । आगामी साता फेरि एक पटक क्यालिब्रेशन फ्लाइट गरिने कार्यालय स्रोतले बताएको छ ।
टिप्पणीहरू