आगलागीबाट आमा छोरानै जलेर खरानी

आगलागीबाट आमा छोरानै जलेर खरानी

दैलेखको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रास्थित बाबुलाल बादीको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।

आगलागीमा परेर बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला बादी र छोरा १८ वर्षीय रमेश बादीको मृत्यु भएको हो । चुल्होबाट आगो सल्किएर आगलागी हुँदा घरभित्र सुतिरहेका उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू