यस्तो हुन्छ पत्रकारिता ? मरुन्जेल हप्काउने र माफी माग्ने ?

यस्तो हुन्छ पत्रकारिता ? मरुन्जेल हप्काउने र माफी माग्ने ?

युक्रेनमा भएको रुसी आक्रमणको विषयमा भारतीय टेलिभिजनमा चलाइएको एउटा लाइभ छलफलमा टेलिभिजनका प्रधान सम्पादक राहुल शिवशंकरले गरेको व्यवहारको सर्वत्र निन्दा भएको छ । राहुलले लाइभ टेलिभिजन शोमा अतिथिलाई एकोहोरो औंला ठड्याउँदै हप्काएका छन् ।

उनले डानियल मेकएडाम्सलाई अनावश्यक लेक्चर नदिन चेतावनी दिँदै औंला ठड्याएका छन् । उनले भने, ‘म तपाईंको लेक्चर सुन्न बसेको होइन ।’ उनले पटक पटक डानियललाई चेतावनी दिँदै बोलिरहे ।

तर, कार्यक्रममा एक छिनपछि अर्का अतिथि रन्किँदै बोले,‘मेकएडाम्स म हुँ । मैले केही बोलेकै छैन । म हुँ मेकएडाम्स ।’खासमा उनले आफ्नै पाहुनालाई नचिनेर एउटाको ठाउँमा अर्कैलाई गाली गरेका रहेछन् । पत्रकारितामा यस्तो गाली र पण्डित्याइलाई राम्रो मानिन्न ।

त्यसपछि राहुलले माफी माग्दै भने ‘क्षमा गर्नुहोस् ।’ लडाईंसम्बन्धी निकै संवेदनशील विषयमा गरिएको टेलिभिजन छलफलमा प्रस्तोताले देखाएको व्यवहार मानवीय संवेदनाभन्दा बाहिर गएको स्पष्ट देखिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

https://twitter.com/skbozphd/status/1499298691156705282?s=20&t=QTBrW4O4afRZF0_UTBzn6w

टिप्पणीहरू