जनयुद्धका सहिद र बेपत्ताका परिवारलाई सम्मान

जनयुद्धका सहिद र बेपत्ताका परिवारलाई सम्मान

रुकुम जिल्लाको मुसिकोट नगरपालिकाले सशस्त्र जनयुद्धको क्रममा भएका सहिद तथा बेपत्ता व्यक्तिका परिवारलाई सम्मान गरेको छ ।

आज एक कार्यक्रमकाबीच विगतको सशस्त्र जनयुद्धको क्रममा सहादत प्राप्त गरेका र बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुनले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्रका १ सय १ जना सहिद परिवारलाई आज सहिद स्मृति सभाहलमा सम्मान गरिएको हो । सहिद परिवारलाई दोसल्ला ओढाएर, टिका लगाएर, काँसको थाली र यातायात खर्चसहित सम्मान गरिएको हो ।

राष्ट्र निर्माणमा सहिदहरुको अमूल्य योगदान रहेकाले सँधै उच्च सम्मान गरिने नगरपालिकाको सामाजिक विकास समितिका संयोजक सुशिल गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहिद तथा बेपत्ता व्यक्तिका सन्तती र परिवारजनलाई सम्मान गरेर उहाँहरुको योगदान सदास्मरणीय बनाउन हरेक वर्ष नगरपालिकाले यस्तो कार्यक्रम गर्दै आएको छ ।

मुसिकोट नगरपालिकाको आर्थिक वर्ष २०७८÷०८९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सशस्त्र द्वन्द्वको क्रममा सहिद तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरिएको हो ।

टिप्पणीहरू