एमाले अध्यक्ष ओली हिजो हेलिकोप्टरबाट,आज हवाइजहाजबाट

एमाले अध्यक्ष ओली हिजो हेलिकोप्टरबाट,आज हवाइजहाजबाट

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जानुभएको छ । बिहान उहाँ सौर्य एअरको उडानबाट भद्रपुर जानुभएको हो ।

अध्यक्षसङ्ग उपाध्यक्ष विष्णु पौडेल पनि हुनुहुन्छ । आजकै दिन पाँच दशकअघि झापा विद्रोहको क्रममा पञ्चायती शासकहरुद्वारा मारिएका शहीदहरु रामनाथ दाहाल,नेत्र घिमिरे,कृष्ण कुईंकेल,वीरेन राजवंशी र नारायण श्रेष्ठको स्मृतिमा सुखानीमा आयोजित कार्यक्रममा उहाँहरु सहभागी हुन लाग्नुभएको बताइएको छ ।

आजै उहाँले विर्तामोडमा प्रेस चौतारी नेपालको प्रदेश नम्बर १ को प्रथम अधिवेशन उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

यसअघि हिजो अध्यक्ष ओली पूर्वमन्त्री पार्वत गुरुङसँगै छ जनाको टोली लिएर कालिञ्चोकको दर्शनमा जानुभएको थियो । सिम्रिक एअरको हेलिकोप्टरमा उहाँ त्यसपछि दोलखाकै शैलुङसमेत पुग्नुभएको हो ।

टिप्पणीहरू