दातृनिकायलाई तल्तिर हेर्न आग्रह

दातृनिकायलाई तल्तिर हेर्न आग्रह

कर्णाली प्रदेश सरकारले संघ र स्थानीय तहमा मात्र सहकार्य गरिरहेका विकास साझेदार निकायहरुलाई प्रदेशमा पनि काम गर्न आग्रह गरेको छ । प्रदेश सरकारसँग सहकार्य नहुँदा विकास निर्माणमा डुप्लिकेशन हुन सक्ने भन्दै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

दातृनिकायका प्रतिनिधिलाई सहकार्यका लागि आग्रह गरिएको प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए । उनका अनुसार सबै प्रदेशका विकास साझेदार एनजीओ, आइएनजीओलाई मन्त्रालयमा बोलाएर यसबारे छलफल भएको हो ।

आफूले उठाएको कुरामा विकास साझेदार निकायका प्रतिनिधिहरू समेत सहमत भएको मन्त्री सिंहले बताए । खानेपानी,सरसफाइ,ढल निकास तथा अन्य आफ्नो मन्त्रालयसँग सरोकार राख्ने सबै निकायलाई सहकार्य गरी काम गर्न उनले आग्रह गरे ।

टिप्पणीहरू