चोलेन्द्रको महाभियोगवारे संसद्मा होला त छलफल ?

चोलेन्द्रको महाभियोगवारे संसद्मा होला त छलफल ?

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणामाथि संसदमा दर्ता महाभियोग प्रस्तावमाथि छलफल गर्नेबारे प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा कुरा उठेको छ ।

आज दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठकअघि बसेको कार्यव्यवस्थामा महाभियोग प्रस्तावलाई सम्भावित कार्यसूचीमा समेट्नेबारे दलहरुबीच छलफल भएको बताइएको छ ।

बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश गर्ने उल्लेख छ । कार्यव्यवस्थाले महाअभियोग प्रस्तावमाथि छलफल गर्न आवश्यक छ भन्ने ठानेमा कार्यसूचीमा समेटिने एक नेताले जानकारी दिए ।

पदीय आचरणअनुसार काम नगरेको भन्दै सत्ता गठबन्धनमा आबध्द दलका सांसदहरुले राणाविरुध्द फागुन १ गते संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । तर,प्रस्ताव दर्ता भएको २२ दिन पुग्दासमेत त्यसबारे छलफल हुन सकेको छैन ।

टिप्पणीहरू