हिमपहिरोमा परेर २५ वटा चौंरी सोत्तर

हिमपहिरोमा परेर २५ वटा चौंरी सोत्तर

मुस्ताङको थासाङ गाउँपालिकामा १५ वटा चौंरी मरेका छन् । नजिकैको मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर ती चौंरी मरेका हुन् । छिप्लुङ खर्कमा रहेका ती चौंरीमाथि हिमपहिरो खसको बताइएको छ ।

खर्कमा थासाङ गाउँपालिका–२ की सुशीला गौचन र नरप्रसाद गौचनको गोठमा रहेका १५ वटा चौंरी मरेका हुन् । हिजो बिहान ३ बजे एक्कासी झरेको हिमपहिरोमा परेर अन्य १० वटा चौंरी हराएका छन् ।

यसअघि गत कात्तिकमा पनि सोही हिमालबाट हिमपहिरो खसेपछि भाग्ने क्रममा स्थानीय अमरसिंह माविका शिक्षक र विद्यार्थी गरि नौ जना घाइते भएका थिए । त्यसैगरी खर्कमा रहेका २१ वटा चौंरी मरेका थिए ।

टिप्पणीहरू