एमाले सांसद निलम्बित

एमाले सांसद निलम्बित

बलात्कारको बात लागेका नेकपा एमालेका सांसद मोहन बानियाँ प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी दिएपछि उनी निलम्बित भएका हुन् ।

बानियाँमाथि जुम्लाकी एक जना ४० वर्षीया महिलालाई नेपालगञ्जको होटलमा बलात्कार गरेको आरोप लागेको छ । उनी अहिले बाँके जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

टिप्पणीहरू