गर्भवतीलाई घरमै पुगेर कोसेली
साँफेबगर नगरपालिकाकामा ‘नगर उपप्रमुख कोसेली कार्यक्रम’ सञ्चालन गरिएको छ । उपमेयर बिर्मलादेवी बुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई कोसेली दिएकी छन् । १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई कोसेली दिइएको हो ।
उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, मञ्जन, ब्रस, साबुन, मास्क र एक प्याकेट नुन दिइएको हो ।
गर्भवतीका लागि पौष्टिक आहारा लिएर घर आँगनमै आउनु खुशी भएको साँफेबगर नगरपालिका–४ मष्टमाडौंकी सरिता भुलले बताइन् । गर्भावस्थामा महिलाका लागि कोसेली लिएर घरमा आउँदा स्थानीय सरकारको महशुस भएको उनको भनाइ छ ।
टिप्पणीहरू