नेता छान्न नपाएपछि कांग्रेस कार्यकर्ताको नाराबाजी

नेता छान्न नपाएपछि कांग्रेस कार्यकर्ताको नाराबाजी

कांग्रेस सर्लाहीको नेतृत्व चयनका लागि आज गर्ने भनिएको मतदान अनिश्चितकालका लागि स्थगित भएको छ । १४औं महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमिति चयनका लागि आज सदरमुकाम मलंगवास्थित पब्लिक माविमा हुने भनिएको मतदान अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र सिंह र इतर समूहबाट लक्ष्मण राय यादवको उम्मेदवारी परेको छ ।

निर्वाचन विशेष परिस्थितिका कारण गराउन नसक्ने अवस्था सिर्जना भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्पूर्ण कार्यतालिका स्थगित गरिएको जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जनाएका छन् । मतदान स्थगित भएपछि अहिले मतदान केन्द्र परिसरमा नाराबाजी भइरहेको छ ।

टिप्पणीहरू