माधव नेपालहरु अर्पण ब्याङ्केटमा जुटे
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक थापागाउँस्थित अर्पण ब्याङ्केटमा बिहान पौने १२ बजेदेखि जारी छ ।
संसदबाट हालै अनुमोदित अमेरिकी सहयोग परियोजना एमसीसी, स्थानीय निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बसेको सो पार्टीले जनाएको छ । पहिला एमसीसीको विरोध गर्दै आएको समाजवादी अन्तिम समयमा पक्षमा उभिएको थियो । एमसीसी अनुमोदन गर्ने उक्त निर्णयमा सम्मानित नेता झलनाथ खनाललगायतको असन्तुष्टि छ । आजको बैठकले त्यसबारे एउटै धारणा बनाउने बताइएको छ ।
बैठकमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महसचिव डा. बेदुराम भुषाल, उपमहासचिव गंगालाल तुलाधर, प्रवक्ता जगन्नाथ खतिवडा, पर्यटनमन्त्री प्रेम आले,शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलगायत ४० जना पोलिटब्युरो सदस्य उपस्थित छन् ।
टिप्पणीहरू