जनप्रतिनिधिले बन्दुक बोकेर हिंडेपछि गाउँ त्राहिमाम

जनप्रतिनिधिले बन्दुक बोकेर हिंडेपछि गाउँ त्राहिमाम

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले गाँउमा बन्दुक बोकेर हिँडेपछि त्यहाँका स्थानीय त्रसित बनेका छन् । जनप्रतिनिधिले नै हतियार बोकेको तस्वीर सार्वजनिक भएपछि स्थानीयवासी तर्सिएका हुन् ।

हिजो सामाजिक सञ्जालमा अध्यक्ष बस्नेतले बन्दुक बोकेर हिँडेको एउटा तस्वीर बाहिरिएको थियो । त्यसलगत्तै उक्त तस्वीरलाई लिएर चौतर्फी चासो र चिन्ता व्यक्त भएको छ ।

“प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले भने यसबारे आफू जानकार रहेको र अध्यक्षसंग कुराकानी पनि भइसकेको बताए । ‘

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले भने यसबारे आफू जानकार रहेको र अध्यक्षसंग कुराकानी पनि भइसकेको बताए । ‘अध्यक्ष बस्नेतले बाँकेबाट बन्दुक नामसारी गरेर ल्याउँदा सो फोटो खिचिएको हो, अन्यथा केही होइन’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी शाहीले हतियार बोकेर गाउँमा हिँडेको विषयमा थप बुझ्न प्रहरीलाई निर्देशन दिएको पनि बताएका छन् । अध्यक्ष बस्नेतले सुरक्षा जोखिम भएर हतियार बोकेको भन्नेबारे आफूलाई जानकारी नभएको प्रजिअ शाहीको भनाइ छ ।

टिप्पणीहरू