सभामुखलाई भेट्न चिनियाँ राजदूत लैनचौरमा

सभामुखलाई भेट्न चिनियाँ राजदूत लैनचौरमा

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेकी छन् । सभामुखलाई भेट्न राजदूत यान्छी केही बेरअघि लैनचौर पुगेकी हुन् ।

सभामुख-राजदूत भेटघाटबारे औपचारिक जानकारी भने दिइएको छैन । पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर अमेरिका र चीन आमनेसामने भएका छन् । अमेरिकी अधिकारीहरुले एमसीसीमा आफूलाई मुछेर टिप्पणी गरेपछि चीन असन्तुष्ट छ । चिनियाँ विदेश मन्त्रालयले औपचारिक रुपमै त्यसप्रति आपत्ति जनाएको थियो ।

नेपालमा एमसीसी अनुमोदन भएलगत्तै बेइजिङबाट ‘व्याख्यात्मक घोषणालाई ध्यान दिएका छौँ’ भनेर चीनले प्रतिक्रिया दिएको थियो । राजदूत यान्छी एमसीसीमा अनुदार मानिनुहुने सभामुखलाई भेट्न जानुलाई चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू