मध्यबिन्दुबाट काठमाडौँ झरेर एमाले अध्यक्ष ओली पोखरातिर

मध्यबिन्दुबाट काठमाडौँ झरेर एमाले अध्यक्ष ओली पोखरातिर

चुनाव लक्षित देशदौडाहामा लाग्नुभएका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली आज पोखरा पुग्नुभएको छ । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश र प्रशिक्षण कार्यक्रममा सहभागी हुन उहाँ आज दिउँसो काठमाडौंबाट पोखरा पुग्नुभएको हो ।

भोलि गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि आजै ओली नवलपरासी पूर्वको मध्यविन्दु बहुमुखी क्याम्पसको १६औं स्थापना दिवस समारोहमा सहभागी हुनुभएको थियो । उहाँले नवनिर्मित क्याम्पस लाइब्रेरी भवनको उद्घाटनसमेत गर्नुभएको थियो ।

त्यसअघि अस्ति झापा पुग्नुभएका ओलीले त्यहाँ पार्टीले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।

टिप्पणीहरू