सगरमाथाको फेदमा अन्तर्राष्ट्रिय नारी दिवश

सगरमाथाको फेदमा अन्तर्राष्ट्रिय नारी दिवश

आज अन्तर्राष्ट्रिय नारी दिवश । नारी दिवश नयाँ ढंगल मनाउने भन्दै मुलुकका विभिन्न क्षेत्रमा सक्रिय ४० जना महिला आज सगरमाथा नजिकैको कालापत्थर पुगेका छन् । यहीँ ०६८ सालमा माधव नेपाल सरकारको क्याबिनेट बैठक बसेको थियो ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल,प्रजिता कार्की र यशोदा तिम्सिनालगायत ४० जना महिलाको टोली आज त्यहाँ पुग्ने कार्यक्रम छ ।

टोली ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने उद्देश्यसहित १३ दिने पदयात्रामा निस्किएको हो ।उक्त टोली हिजो सोलुखुम्बुको लोबुचेबाट गोरप्छेपतर्फ प्रस्थान गरेको हो । आज बिहान ८ बजे कालापत्थर पुगेर अन्तर्राष्ट्रिय नारी दिवशका अवसरमा विशेष कार्यक्रम गर्ने योजना छ ।

टिप्पणीहरू