करणी काण्ड त कति हो कति
पाप धुरीबाट कराउँछ भनेजस्तै भएको छ, आफ्नै घरमा काम सघाउन राखिएकी १४ वर्षीया बालिकालाई डर, धम्की देखाएर खोलाखोल्सी पनि नभनी पटकपटक बलात्कार गर्ने केदार थापालाई । उद्योग वाणिज्य संघ, भक्ति आदर्श क्याम्पसलगायत दर्जन संघसंस्थामा आबद्ध थापाले बालिकालाई विक्षिप्त अवस्थामा पु¥याएपछि सार्वजनिक घटनाले लमजुङ मात्रै हैन काठमाडाँैसमेत हल्लाएको छ । नेपाली सेनाको पूर्वहवल्दारसमेत रहेका उनी कांग्रेस हर्ताकर्ता हुन् ।
जिल्ला अदालत लमजुङले १२ वर्ष कैद सजायँको फैसला गरे पनि लाखौं खर्चेर पुनरावेदन अदालतबाट पाँच वर्षमै उन्मुक्ति पाएका उनको मुद्दा सर्वोच्चमा विचाराधीन छ । भोटेओडारका चल्तीकै व्यापारी हुन् शम्भुलाल श्रेष्ठ । कैयाँै अधबंैसे महिलाले मुखैमा थुक्दासमेत चेत आएन । साथीभाइले पटक–पटक सचेत गराएकै थिए ।
चार कक्षामा पढ्ने १३ वर्षकी बालिकालाई मोटरसाइकलमा राखेर सिउँडीबार चोकदेखि ३ किमि परको जंगलमा लगी अप्राकृतिक मैथुनको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत लमजुङले १८ वर्षको कैद फैसला गरेको छ । आफ्नै विद्यालयकी १५ वर्षीया छात्रा र नातिनी पर्नेलाई प्रलोभनमा पारेर करणी गरेको आरोपमा भैरव मावि मोहोरियाका शिक्षक प्रकाश थापा पुर्पक्षका लागि कारागारमा छन् ।
उनै बालिकाले शिक्षक प्रकाश मात्रै हैन आफन्त अर्जुनविक्रम थापाले समेत पटक पटक करणी गरेको आरोप लगाएपछि पक्राउ परेका अर्जुनलाई २३ दिनमा अदालतका श्रेस्तेदार उदयराज काफ्लेले तीन लाख धरौटी लिएर छोड्न आदेश दिएका थिए । तर, यसरी छुटेको झण्डै ९ महिनापछि गतहप्ता उच्चअदालत कास्कीले सो फैसला उल्टाएर पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।
यता, मध्यनेपाल नगरपालिका–९ का ३७ वर्षीय शिक्षक सुभाष रानाभाटले १४ वर्षीया छात्रालाई मोबाइलमा विदेशी नीलो फिल्म देखाएर अप्राकृतिक यौन शोषण गरेको भन्दै जिल्ला अदालत लमजुङले ९ वर्ष ३ महिना कैद तोकेको छ ।
यौन दुराचारमा झण्डै आधाभन्दा बढी जिल्ला कारागार लमजुङमा १ सय ८ जना थुनिएका छन् । निकै जीर्ण बनिसकेको सो कारागारबाट केही समयअघि चौकीदार नै भागेपछि श्रीजंग गणले त्यसको सुरक्षा गर्दै आएकोमा सेनाकै एक जवानले त्यहीं दरबन्दी भएर जिल्ला अदालत लमजुङमा काज भएकी एक कर्मचारीलाई दुई हप्ता पहिले तथानाम गालीगलौज र महिला कर्मचारी बस्ने कोठाको ढोका फोर्न खोजेपछि उनी हिरासतमा रहेको खबर छ ।
टिप्पणीहरू