राजधानीमा एकै परिवारका ५ जनाद्वारा विष सेवन,१ को मृत्यु, ४ सिकिस्त
राजधानीमा गएराति एकै परिवारका पाँच जनाले विष सेवन गरेका छन् । विष सेवन गरेकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ भने बाँकी चार जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।
नागार्जुन नगरपालिकाको वडा नम्बर ६ स्थित डाँडापौवामा सामुहिक विष सेवन भएको प्रहरीको भनाइ छ । उनीहरु सबैलाई राति नै स्वयम्भूस्थित मनमोहन अस्पतालमा ल्याइएको हो । वर्ष ३३ का सुवर्णमान प्रधानको राति नै मृत्यु भएको छ ।
अरु वर्ष ११ की सुप्रिया प्रधान,वर्ष ३५ की मन्दिरा प्रधान, वर्ष ३८ का भीममान प्रधान र वर्ष ६२ की ईन्द्रमाया प्रधानको भेन्टिलेटरमा उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ ।
चिकित्सकहरुले सिल्फर र सल्फास नाम गरेको विष सेवन गरेको आशंका गरेका छन् ।
टिप्पणीहरू