रोल्पामा गठबन्धनका उम्मेदवारलाई ३ मतले हराउँदै एमाले विजयी
रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा केशवकुमार आचार्य विजयी भएका छन् ।
नेकपा एमालेनिकट आचार्यले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतको पाँचदलीय गठबन्धनका वसन्त सुवेदीलाई तीन मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
आचार्यले ४ सय ३७ मत प्राप्त गर्दा सुवेदीले ४ सय ३४ मत ल्याएका छन् । एक हजार २ सय १८ मतदाता रहेको संघको निर्वाचनमा ९ सय ८५ मत खसेको बताइएको छ ।
सदस्यमा अशोक आचार्य, इन्द्रबहादुर महरा,ऋषिराम रिजाल, चन्द्रबहादुर बुढा,दीपककुमार श्रेष्ठ, विशेष घर्ती क्षेत्री,रञ्जु पोखरेल, शिवराज आचार्य र सुरेन्द्र थापा विजयी भएका छन् ।
रोल्पा उद्योग वाणिज्य संघका दुई उपाध्यक्ष,महासचिव,सचिव र कोषाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
टिप्पणीहरू