सूचना दिन आनाकानी नगर्नु : प्रमुख आयुक्त गुरुङ

सूचना दिन आनाकानी नगर्नु : प्रमुख आयुक्त गुरुङ

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र गुरुङले सूचना र जानकारी छिटो छरितो, चुस्तदुरुस्त ढंगबाट दिन सरकारी कार्यालयहरुलाई निर्देशन दिएका छन् ।

पाँचथरको फिदिममा आयोजित सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वोल्दै उनले सूचना दिन आनाकानी नगर्न र मागेको जानकारी छिटो छरितो ढंगबाट दिन सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीलाई निर्देशन दिएका हुन् ।

कार्यक्रममा बोल्दै फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले सूचना अधिकारीको व्यवस्थाका लागि राज्यले छुट्टै कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताए । त्यस्ता कर्मचारीको व्यवस्था भए सुशासनमा थप सहयोग पुग्ने उनको भनाइ थियो ।

नगरपालिकाका सूचना अधिकारी निर्मला दाहालले सूचना मागकर्ताले मानसिक यातना दिएको तीतो पोखेकी छन् । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय प्रमुख, सूचना अधिकारी, सञ्चारकर्मी, सुरक्षा अधिकारी एवम् सरोकार राख्नेहरुबीच अन्तरक्रिया गरिएको हो ।

प्रस्तुतिमा सार्वजनिक निकायमा संवैधानिक र कानूनीपक्ष, सूचना प्रवाह नगरी पाँचवटा गोपनियताको हकबाहेक सार्वजनिक गर्ने दायित्व, सूचना अधिकारीको व्यवहार र काम, कर्तव्य, सूचना नदिएमा सजाय, र छतिपूर्तिको व्यवस्थालगायतका विषयमा अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले हरेका महिनामा सूचना अधिकारीको बैठक बस्ने गरको जानकारी गराउँदै प्रत्येक तीन महिनामा कामकाजको मास्केवारी सार्वजनिक गर्दै आएको बताए । जिल्ला समन्वय समितिका प्रमुख विष्णु सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभागका सचिव भागिरथ पाण्डेले सूचनाहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

टिप्पणीहरू