माओवादी केन्द्रका पाँच नेताले पार्टी छाडे

माओवादी केन्द्रका पाँच नेताले पार्टी छाडे

नेकपा माओवादी केन्द्र महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी परित्याग गरेका छन् । एमसीसीको विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना,प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले पार्टी छोडेका हुन् ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राना र वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छाडेका छन् ।

एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रले अन्तिम समयमा व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट पारित गराउन सहमति जनाएको थियो । एमसीसी पारित भएपछि माओवादीको एउटा खेमा विरोधमा छ ।

टिप्पणीहरू