एकीकृत समाजवादीका केन्द्रीय नेता कार्की ब्यांक्वेटमा जुटे
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक काठमाडौँमा शुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिएको छ ।
प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन पछिको परिस्थिति र सत्टा गठबन्धनबारे पनि बैठकमा छलफल हुने बताइएको छ । एमसीसी अनुमोदनलाई लिएर एकीकृत समाजवादीमा विवाद छ भने सत्ता गठबन्धनबारे काँग्रेसका केहि नेताहरुको टिप्पणीलाई लिएर असन्तुष्टि बढेको छ ।
टिप्पणीहरू