उच्च अदालत बाहिर पीडितहरुको प्रदर्शन

उच्च अदालत बाहिर पीडितहरुको प्रदर्शन

घर जग्गा व्यवसायी इच्छाराज तामाङले ठगेका पीडितहरुले उच्च अदालत,पाटन बाहिर प्रदर्शन गरेका छन् । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका संस्थापक,सिभिल होम्सका मालिक र सिभिल बैंकका तत्कालीन अध्यक्ष तामाङले अरबौं रुपैयाँ ठगेपछि बिचल्ली भएकाहरुले प्रदर्शन गरेका हुन् ।

तामाङ ठगी मुद्दामा अघिल्लो महिना जेल चलान भएका थिए । उनीविरुध्द अर्को मुद्दाको पेशी भोलि उच्च अदालत पाटनमा रहेकाले तामाङलाई कारबाही र पीडितलाई न्याय दिन माग गर्दै उनीहरु प्लेकार्ड प्रदर्शन र धर्नामा बसेका हुन् ।

टिप्पणीहरू