पाकिस्तानी प्रधानमन्त्री हट्लान् त अविश्वासले ?

पाकिस्तानी प्रधानमन्त्री हट्लान् त अविश्वासले ?

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।

प्रस्ताव पाकिस्तानको तल्लो सदन नेशनल एसेम्बली सचिवालयमा दर्ता भएको हो ।

प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का एक सय जना सांसदले हस्ताक्षर गरेका छन् ।

खानमाथि मुलुकको अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको आरोप छ । सन् २०१८ मा सत्ता सम्हालेपछि उनले यस्तो चुनौती र आरोपको लगातार सामना गर्दै आएका छन् ।

६९ वर्षीय खानले गठबन्धन सरकारको नेतृत्व गरेका छन् । गठबन्धनलाई समर्थन दिएका केही दलले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेमा खान पदमुक्त हुने अवस्था आउने त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।

खानविरुध्द अविश्वासको प्रस्ताव दर्ता हुनुअघि पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) नेतृत्वमा विपक्षीहरुको र्यालीमा हजारौं सहभागीले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । त्यसले पाकिस्तानमा राजनीतिक उथलपुथलको सम्भावनालाई संकेत गरेको छ ।

३ सय ४२ सदस्यीय नेशनल एसेम्बलीमा खानविरुध्दको अविश्वास प्रस्ताव पारित हुन विपक्षीलाई १ सय ७२ मत आवश्यक पर्छ । तर,विपक्षीले त्यो भन्दाबढी मत खानविरुद्ध रहेको दाबी गरेका छन् ।

टिप्पणीहरू