जमिन सर्भेक्षक र अमिनको जागिर खुल्यो

जमिन सर्भेक्षक र अमिनको जागिर खुल्यो

राष्ट्रिय भूमि आयोगले सर्भेक्षक तथा अमिन मागेको छ । करार सेवाको निम्ति सर्भेक्षक र अमिनको माग गरिएको हो । आयोगले १ सय २६ जना सर्भेक्षक र ७३ जना अमिन मागेको छ ।

सर्भेक्षकको लागि एसएलसीमा गणित विषय लिई वा सो सरह भूगोल विज्ञानको प्रवीणता प्रमाणपत्र लिएको हुनुपर्नेछ । त्यसैगरी, १२ कक्षा पास गरी एक वर्षको नापी तालिम लिएकाले पनि सर्भेक्षकको लागि आवेदन दिन सक्नेछन् । अमिनको हकमा भने गणित विषयमा एसएलसी वा भुगोल विषय लिई एक वर्षको तालिम लिएको हुनुपर्नेछ ।

आयोगको वेभसाइटमा गएर फाराम डाउनलोड गर्नुपर्नेछ । आवेदनको साथ नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, अनुभवको कागजातको प्रमाणपत्र र तालिम प्रमाणपत्रको प्रतिलिपि बुझानु पर्नेछ ।

टिप्पणीहरू