काँग्रेस सानेपामा,माओवादी गोदावरीमा
नेपाली काँग्रेसले स्थानीय तह केन्द्रित चुनावी अभियानअन्तर्गतको एक महिने कार्यक्रम सार्वजनिक गर्न लागेको छ । उक्त कार्यक्रमवारे काँग्रेस केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको छ । एक महिने अभियानमा नेपाली काँग्रेसले स्थानीय चुनाव केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने बुझिएको छ ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा पत्रकार सम्मेलन हुने काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोदावरी पुग्नुभएको छ । सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा माओवादीले बागमती प्रदेशस्तरीय राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
दिउँसो १ बजेबाट शुरु भएको कार्यक्रमको उद्घाटन अध्यक्ष दाहालले गर्नुभएको हो । कार्यक्रममा ऊर्जा,जलस्रोत तथा सिचार्इंमन्त्री पम्फा भुसाललगायत प्रदेश समिति पदाधिकारी र सदस्य,प्रदेश सल्लाहकार एवं ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्य, प्रदेश परिषदका मनोनित सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी एवम् सदस्य, पालिकाका पदाधिकारी,जनवर्गीय संगठन र मोर्चाका प्रदेश पदाधिकारी,जवस मोर्चाका जिल्ला पदाधिकारी,बागमती प्रदेश सम्पर्क समन्वय समितिका पदाधिकारी, सदस्यहरु र जिल्ला–काठमाडौं सम्पर्क समन्वय समितिका पदाधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ ।
[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2022/03/1-converted.pdf”]
टिप्पणीहरू