पार्टी फुटतिर नगएकालाई पनि एमालेमा ‘नो स्पेस’
एमालेले घर फर्किएको दाबी गर्ने नेताहरुलाई जिम्मेवारीविहीन बनाएर राख्ने नीति लिएको छ । अध्यक्ष केपी शर्मा ओलीका प्रमुख राजनैतिक सल्लाहकार विष्णु रिमालले पार्टी फुटाएर जाने र फेरि आउनेलाई किन ‘स्पेस दिने’ भन्दै जिम्मेवारी दिन नहुने बताएपछि यो योजना बाहिरिएको हो ।
उपमहासचिवसमेत रहेका रिमालले गत हप्ताको प्रदेशस्तरीय निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा यस्तो विचार व्यक्त गरेका हुन् । माधवकुमार नेपालले पार्टी छाडेर गए पनि एमाले दह्रो छ भन्ने उनको दाबी छ ।
काठमाडौंको सामाखुशीमा आयोजित शनिबार दिउँसोको कार्यक्रमबारे १० बुँदे पक्षधरलाई जानकारीसमेत दिइएन । यो नीति सातै प्रदेशमा अघोषित रुपमा लागु भएको देखिएको छ ।
“कपिलवस्तुका मंगल गुप्ता, नेपालगञ्जका पशुपतिदयाल मिश्र र वीरगञ्जका जालिम मियाँहरु यसैका उदाहरण हुन् ।”
जसको शिकार झापाका रविन कोइरालादेखि कैलालीका झपट रावलसम्म भएको बताइन्छ । पार्टीको नीति,कार्यक्रम,विधि प्रक्रियाप्रति विमति राख्नेसँग ‘बाल मतलव’ भन्दै हिँडेको सो समूहले माधवकुमार नेपालको पार्टीमा जानेको क्षतिपूर्ति गर्ने तरिका भने अनौठो देखिन्छ ।
ती नेताको मनोविज्ञानबारे फर्किएका एक नेता भन्छन्,‘पार्टी फुट्दा पुगेको क्षतिबारे मतलब छैन । तर मण्डले–कुण्डले र माओवादी केन्द्र,राप्रपा र अन्य समूहबाट आउने मान्छेहरुलाई प्रवेश गराएर क्षतिपूर्ति गर्ने तयारी छ । कपिलवस्तुका मंगल गुप्ता, नेपालगञ्जका पशुपतिदयाल मिश्र र वीरगञ्जका जालिम मियाँहरु यसैका उदाहरण हुन् ।
रिमाललगायतको डाइहार्ड कोर टिमले ‘आउँदो निर्वाचनबाट ओलीलाई जसरी पनि प्रधानमन्त्री बनाउने’ लक्ष्य राखेको छ । अरु कुरा बर्बाद भए पनि ओली बर्बाद हुनु हुँदैन भन्ने अडानमा यो समूह देखिएको छ ।
एमसीसीको बेला निरपेक्ष बसेर त्यसलाई सघाएका एमाले अध्यक्ष ओलीले उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली,सुरेन्द्र पाण्डेललगायत स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिसँग समेत यति जटिल मुद्दाबारे कुनै परामर्श नगरेको त प्रस्टै छ ।
टिप्पणीहरू