रुस र युक्रेनबीच २४ घण्टे युद्धविराम
रुस र युक्रेनले २४ घण्टाको लागि युद्धविराममा सहमति जनाएका छन् । एक दिने युद्धविरामले अब सर्वसाधारणलाई युद्ध प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा जान २४ घण्टाको समय प्राप्त भएको हा ।
मस्कोले स्थानीय समयअनुसार बुधबार बिहान ९ बजेदेखि भोलि बिहान ९ बजेसम्म युद्धविराम गर्ने जानकारी गराएको छ । युद्धविराम युक्रेनको राजधानी किभ वरपरका क्षेत्र र जापोरिज्जिया र त्यसका केही भूभागमा भएको हो ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी संस्था युएनएचसीआरले युक्रेनी शरणार्थीहरूको संख्या झण्डै २२ लाख पुगेको अनुमान गरेको छ ।
टिप्पणीहरू