कमल थापाका १० विभागमा को–को ?

कमल थापाका १० विभागमा को–को ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले १० वटा विभाग गठन गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख बनाएर १० वटा विभाग गठन गरेको हो ।

जसअनुसार अध्यक्ष थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी दिइएको छ । त्यस्तै, आर्थिक विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष उद्धव पौडेललाई, नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष विष्णु भण्डारीलाई, सचिवालय प्रमुखको जिम्मेवारी महामन्त्री भाष्कर भद्रालाई दिइएको छ ।

महामन्त्री सुशीलकुमार श्रेष्ठ प्रशिक्षण तथा स्थानीय निकाय विभाग प्रमुख बनेका छन् भने कार्यक्रम तथा व्यवस्थापन विभाग प्रमुखमा अर्का महामन्त्री ईन्द्र चित्रकारलाई लगिएको छ ।

यसैगरी, महामन्त्री राजाराम बर्तौलाले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । प्रचार विभाग प्रमुखमा प्रवक्ता सुरेश आचार्य, महिला विभाग प्रमुखमा सहायक महामन्त्री ममता राई र सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मा केन्द्रीय सदस्य राजकुमार खड्कालाई दिइएको छ ।

बैठकले तीन महीनाभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ । जिल्ला समिति गठन गर्न बाँकी रहेका जिल्लामा २१ दिनभित्र गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

टिप्पणीहरू