रुसी दूतावास छिरे अभियानकर्ता
युक्रेनमाथि भएको रुसी आक्रमणको विरोधमा प्रदर्शन गर्दै आएका अभियानकर्ताहरु बालुवाटारस्थित रुसी दूतावास छिरेका छन् ।
स्वतन्त्र जनताको आयोग महाअभियान नेपालका सचिव कल्याण के.सी, सरिता खत्री,मेनुका दंगाललगायत चार जनाको टोली ज्ञापनपत्र बुझाउन भित्र गएका हुन् ।
उनीहरुले युक्रेन युध्द अन्त्य र शान्तिपूर्ण तरिकाले समस्या समाधान गर्नुपर्ने मागसहित सहायक कन्सुलर कुशल केसीसँग भेट गरेका हुन् । दिउँसो पौने २ बजे त्यहाँ पुगेका उनीहरु १० मीनेटमा निस्किए ।
यसअघि उनीहरु गत सोमबार पनि दूतावास गएका थिए । तर, सुरक्षाकर्मीहरुले दूतावास बन्द भन्दै फर्काइदिए ।
टिप्पणीहरू