नेविसंघमा तीव्र विवाद,काँग्रेस उपसभापतिलाई ज्ञापन

नेविसंघमा तीव्र विवाद,काँग्रेस उपसभापतिलाई ज्ञापन

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघभित्र तीव्र विवाद देखिएको छ । संघलाई परिचालन गर्न तत्काल तदर्थ समिति गठन गर्न काँग्रेस नेताहरुमाथि दबाब दिइएको छ ।

संघका पूर्व केन्द्रीय सदस्य विजय महतलगायत झण्डै दुई दर्जनको टोलीले विधानअनुसार सबै उमेर समूहलाई प्रतिनिधित्व हुने गरी तदर्थ समिति गठनको माग गरेको छ । उनीहरुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र संघको महाधिवेशन यथाशीघ्र गर्न आग्रह गरेका हुन् ।

हिजो अपरान्ह पार्टी कार्यालयमा उपसभापति पूर्णबहादुर खड्कासँग भेट गर्दै टोलीले स्थानीय तह,प्रदेश र संघीय निर्वाचनमा युवा,विद्यार्थी तथा तरुण दल परिचालन गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

टिप्पणीहरू