सभापति वीरगञ्जमा, पदाधिकारीहरु सानेपामा

सभापति वीरगञ्जमा, पदाधिकारीहरु सानेपामा

नेपाली काँग्रेसका नेताहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । पार्टी कार्यालय सानेपामा आन्तरिक बैठक भन्दै उपसभापति र महामन्त्रीहरु पुगेका हुन् ।

आगामी निर्वाचन र नेतृत्व छनौटमा विवाद देखिएका जिल्लाहरुको बारेमा छलफल गर्न पदाधिकारीहरु पार्टी कार्यालय पुगेको बताइन्छ । तर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विभिन्न कार्यक्रममा सहभागी हुन आज वीरगञ्ज पुग्नुभएको छ ।

पार्टी कार्यालयमा भएको छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु भीष्मराज आङ्देम्बे,प्रवक्ता डा.प्रकाशशरण महत लगायत उपस्थित छन् ।

टिप्पणीहरू