आज संक्रमितको संख्या एक सयको हाराहारी, कसैको ज्यान गएन

आज संक्रमितको संख्या एक सयको हाराहारी, कसैको ज्यान गएन

पछिल्लो २४ घण्टामा मुलुकभर एक सय १२ जना कोरोना संक्रमित भेटिएका छन् । नौ हजार तीन सय २८ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा चार सय २९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव २ प्रतिशत रहेको छ । मुलुकभर अझै पाँच हजार तीन सय ४० जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा ३२ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा २१ जना छन् । भक्तपुरमा चार जना संक्रमित भेटिएका छन् भने ललितपुरमा सात जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या चार सय ५४ छ । भक्तपुरमा ५१ र ललितपुरमा तीन सय ६० जना सक्रिय संक्रमित छन् ।

आज कसैले पनि संक्रमणका कारण ज्यान गुमाएका छैनन् । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये १३ जना युवायुवती छन् भने तीन जना किशोरकिशोरी हुन् । त्यस्तै, १२ जना वृद्धवृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू