विदेशीले क्वारेन्टिन बस्न नपर्ने, पीसीआर पनि गर्न नपर्ने

विदेशीले क्वारेन्टिन बस्न नपर्ने, पीसीआर पनि गर्न नपर्ने

नेपाल आउने पर्यटकले अबदेखि खोप कार्डको आधारमा प्रवेश पाउने भएका छन् । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि नेपाल आगमन सम्बन्धी यसअघिका सबै प्रावधानहरु खारेज गरेर नयाँ ‘ट्राभल एडभाइजरी’ जारी गरिएको छ ।

जसअनुसार अबदेखि कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे नेपाल प्रवेश गर्न पाइनेछ । साथै, विदेशबाट आउँदा अनिवार्य गरिएको क्वारेन्टिनको व्यवस्था पनि हटाइएको अध्यागमन विभागले जनाएको छ । विदेशबाट आउनेहरुका हकमा जारी गरिएका जनस्वास्थ्य सम्बन्धी यसअघिका सबै प्रावधान खारेज गरिएको विभागको भनाइ छ ।

नयाँ ‘ट्राभल एडभाइजरी’ मा अब अन्तर्राष्ट्रिय प्रवेश विन्दूबाट नेपाल आउँदा पूर्ण मात्राको खोप लगाएको हुनुपर्ने वा पीसीआर नेगेटिभ रिपोर्ट पेस गरे पुग्ने उल्लेख छ । साथै कानुनी प्रक्रिया पूरा गरेका सबैलाई प्रवेशका लागि अनुमति दिइने भएको छ ।

टिप्पणीहरू