हराएका कमरेड अन्तै लागेपछि विप्लवको विज्ञप्ति

हराएका कमरेड अन्तै लागेपछि विप्लवको विज्ञप्ति

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासम्बद्ध अखिल (क्रान्तिकारी) ले केन्द्रीय सचिवालय सदस्य प्रेम शाहीलाई संगठनबाट निकालेको छ । पार्टी र संगठनको हित विपरित काम गरेको र क्रान्तिलाई धोका दिएको भन्दै क्रान्तिकारीले उनलाई कारवाही गरेको हो ।

अध्यक्ष प्रकाश शाहीले आज विज्ञप्ति सार्वजनिक गर्दै सचिवालय सदस्य प्रेम शाहीले क्रान्तिको मोर्चाबाट विचलित भएर भागेको आरोप पनि लगाएका छन् ।

उनी विगत केही दिनदेखि संगठनको सम्पर्कमा नरहेको र आज एकाएक अन्यत्र प्रवेश गरेको समाचार सार्वजनिक भएको भन्दै क्रान्तिकारीले कार्यकर्ता पंक्तिलाई भ्रममा नपर्न आग्रह पनि गरेको छ ।‘विचार, सिद्धान्तबाट विचलित भएर पलायन भएका प्रेम शाहीको भ्रममा नपर्न सम्पूर्ण कमरेडहरुलाई अनुरोध गर्दै संघर्षको मोर्चाबाट भाग्ने प्रेम शाहीलाई साधारण सदस्य समेत नरहने गरि निष्कासित गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

आन्दोलन र क्रान्तिको मोर्चाबाट विचलित भई सुईंकुच्चा ठोक्नेहरुको भ्रममा नपरी प्रतिबद्ध भएर संघर्षको मोर्चामा अगाडि बढ्न पनि अध्यक्ष शाहीले क्रान्तिकारीका कार्यकर्ताहरुलाई निर्देशन गरेका छन् ।

टिप्पणीहरू